वित्त नीति



वित्तीय नीति भनेको पूर्व निर्धारित उद्देश्यहरु हासिल गर्न प्रयोग गरिने राजश्व, सार्वजनिक व्यय तथा सार्वजनिक ऋणसंग सम्बन्धित सरकारी नीति हो । विकासशील देशहरुमा वान्छनीय स्तरको रोजगारी, उच्च आर्थिक वृद्धिदर, आर्थिक स्थिरता, आय र धन सम्पत्तीको समानता जस्ता उद्देश्य प्राप्ति र विकशित देशहरुमा आर्थिक स्थिरताको मुख्य उद्देश्य राखी योजनाबद्ध ढंगले तर्जुमा र कार्यान्वयन गरिने वित्तीय क्रियाकलापहरु जस्तैः– (करारोपण, सार्वजनिक व्यय र सार्वजनिक ऋण) लाई वित्तीय नीति भनिन्छ । वित्तीय नीति अर्थतन्त्रको उत्पादन तथा रोजगारमा सरकारको आय तथा व्ययले पार्ने कुल प्रभावसंग सम्बन्धित हुन्छ ।

वित्त नीतिका उद्देश्यः

  • आर्थिक वृद्धि
  • आर्थिक स्थिरता
  • सामाजिक न्याय वा समानता
  • पूँजी निर्माण
  • साधन परिचालन
  • रोजगारीको अवसर वृद्धि
  • मुल्य स्थिरता
  • प्रतिकुल भुक्तानी सन्तुलन सच्याउन ।

सरकारी वित्त नीतिले सरकारको आय तथा व्यय निश्चित सिद्धान्त, नीति र प्रक्रियाको आधारमा हुनुपर्दछ भन्ने मान्यता राख्दछ । यसले देश भरीका साधन परिचालन गर्ने र समग्र देशलाई प्रभावित पार्ने गरी खर्च गर्ने विषयको अध्ययन गर्दछ । यसको कार्यान्वयनबाट देशको सम्पूर्ण अर्थव्यवस्थालाई प्रभावित पार्छ । सरकारले सरकारी वित्तको कार्यान्वयन दीर्घकालीन लक्ष्य राखेर गर्ने गर्दछ तापनि यसको कार्यान्वयन बार्षिक आधारमा वा बर्ष वर्षको आधारमा बार्षिक बजेट तयारगरी गर्ने परम्परा रहेको छ । जसलाई सरकारको वार्षिक बजेट भनिन्छ । वित्तनीतिको उद्देश्य यसका निम्न उपकरणहरु प्रयोग गरेर हासिल गरिन्छ ।

आन्तरिक राजश्व आन्तरिक ऋण वैदेशिक अनुदान वैदेशिक ऋण वित्त नीति तयार गर्दा ध्यान दिनुपर्ने कुरा:
देशको औद्योगिकीकरणको अवस्था, देशको विद्यमान आर्थिक अवस्था, सरकारको आर्थिक उद्देश्य,
निजी क्षेत्रको अवस्था, गरीबीको अवस्था, भौतिक पूर्वाधारको अवस्था, मुद्रा तथा पूँजी बजारको अवस्था,
नेपालले हाल अंगीकार गरेका वित्तीय नीतिको उद्देश्यहरु र प्रमुख नीतिहरु यस प्रकार छन् ।
उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गर्ने, व्यापक आधार भएको दीगो र उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, आर्थिक वृद्धिको प्रतिफल वितरणमा साधनहिन र विपन्न वर्गको पहुँच बढाउने, मानविय विकास एवं रोजगारीका अवसरहरुको सिर्जनामा जोड दिने, सामाजिक न्याय र सुरक्षा प्राप्त गर्ने, लगानीको वातावरणमा सुधार ल्याउने (खास गरी प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने), वित्तीय क्षेत्रमा गतिशिलता ल्याउने, सार्वजनिक खर्च धान्न सकिने सिमा भित्र राख्ने, सुशासन एवं विकेन्द्रिकरण पक्ष मजवुत पानर्,े रुग्ण उद्योगको पुनःस्थापना र निर्यात प्रवद्र्धनमा जोड, वित्तीय क्षेत्रको सुधारबाट स्वस्थ, प्रतिस्पर्धी एवं दीगो वित्तीय प्रणालीको विकास, छिटो प्रतिफल दिने र छिटो सम्पन्न गर्न सकिने आयोजनाहरुमा लगानी गर्न जोड दिने, बहुवर्षिय बजेट प्रणालीको कार्यान्वयन (३ वर्षिय), सवै प्रकारको आर्थिक क्रियाकलापलाई आयकरको दायरा भित्र ल्याई राजश्व प्रशासनलाई समयानुकूल गतिशिल र प्रभावकारी बनाउने, मू. अ. कर कार्यान्यवनमा देखिएका कमी कमजोरी हटाई आन्तरिक राजश्वको मेरुदण्डको रुपमा विकशित गर्ने, वैदेशिक सहायतालाई बढि भन्दा बढि आर्थिक एवं सामाजिक प्रतिफल प्राप्त गर्ने क्षेत्रहरुमा परिचालन गरिने, सरकारी संलग्नता आवश्यक नदेखिएका एवं निजी क्षेत्रका लगानी आकर्षित हुन सक्ने संस्थानहरुमा निजी क्षेत्रको लगानी बढाउन निजीकरण कार्यक्रमलाई निरन्तरता दिने, सामाजिक क्षेत्रको विकास, गरीबी निवारण तथा रोजगार प्रवद्र्धन गर्ने, आधारभूत सामाजिक सेवामा सवैको पहुँच बढाउन प्राथमिक शिक्षा, स्वास्थ, खानेपानी र सरसफाईको क्षेत्रमा लगानी बढाउने, गरीबी घटाउने तर्फ लक्षित सम्पूर्ण कार्यक्रम एउटै छातामुनी (गरीबी निवारण कोष) एकीकृत गरी संचालन गरिने, बाणिज्य बैंकहरुलाई अधिक स्वायत्तता दिइने, वित्तीय सेवाको लागि वैदेशिक वैंकहरु स्थापना गर्न दिइने, ऋणपत्रको माध्यामिक बजार विस्तार गर्दै लैजाने, विदेशी विनीमयमा पूर्ण परिवत्र्यता दिइने, देशमा पूँजी बजारको विकास तर्फ जोड दिने, नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको रुपमा विकशित गर्न प्रयत्नशील रहने, वित्तीय बजार विकास तथा विस्तार गरी लगानीका अवसर बढाउँदै जाने, आन्तरिक ऋणलाई न्म्ए को वान्छित सीमाभित्र राखिने, मुद्रास्फीतिदरलाई न्यूनतम स्तरमा राख्दै बचत परिचालनलाई प्रोत्साहित गरिने, नेपाल अधिराज्यमा स्टक एक्स्चेन्ज सेवा विकास तथा विस्तार गर्ने, बिमा कम्पनीहरुको विकासमा जोड दिने, करको दर न्यूनतम गरी आर्थिक वृद्धिदर उच्च पार्ने, विभिन्न प्राथमिकतामा परेका र सरकारले प्रोत्साहित गर्न चाहेका (निर्यातमूलक उद्योग) आर्थिक क्रियाकलापहरुलाई कर छुट र अन्य सुविधाहरु दिने, साधारण खर्चमा ऋण रकम खर्च नगर्ने, विकास बजेटमा राजश्वको योगदान बढाउन प्रयास गर्ने ।

Compiled and collected by
Basudev Sharma Poudel(PHD)

Have a question? Ask us in our discussion forum.