मौद्रिक नीति



मौद्रिक नीति भनेको कुनै पनि मुलुकको सरकार वा मौद्रिक अधिकारीले मुलुकको राष्ट्रिय आवश्यकता अनुसार मुद्राप्रदाय, विनिमयदर, कर्जा प्रवाह, ब्याजदर र मूल्य सम्वन्धमा अपनाउने समष्टिगत नीति हो । अर्को शब्दमा देशको मुद्रा एवं साखको पूर्ति लाई एक निश्चित स्तरमा कायम राख्ने केन्द्रीय वैंकको नीति, मौद्रिक नीति (Monetary Policy) समष्टिगत आर्थिक नीति (Macro-economic Policy) का तीन प्रमुख औजारमध्ये एउटा औजार, यो नीति अर्थतन्त्रमा रहने वा आउने मुद्रासँग सम्बन्धित, अर्थतन्त्रको आवश्यकताअनुसार कुनै अर्थतन्त्रमा मुद्राको स्तर कति रहनुपर्दछ त्यस्तो मुद्रा अर्थतन्त्रको कुन–कुन क्षेत्रमा प्रवाहित वा उपयोग हुनुपर्दछ भनी निर्धारण गर्ने नीति नै मौद्रिक नीति, यस्तो मौद्रिक नीति देशको केन्द्रीय बैंकले तर्जुमा, कार्यान्वयन तथा आवश्यकता अनुसार फेरबदल गर्दछ, त्यसैले कुनै पनि देशको केन्द्रीय बैंकलाई मौद्रिक अधिकारी (Monetary authority) भनिन्छ ।, अधिक मुद्राप्रदाय (Money supply) ले अर्थतन्त्रमा मुद्रा स्फीति (Inflation) बढाउँछ । किनभने मुद्रा र मूल्यबीच सोझो र प्रभावकारी सम्बन्ध हुन्छ । यसरी अर्थतन्त्रमा मुद्राप्रदाय बढी भई मूल्य वृद्धि भएमा त्यसले ब्याज दर घटाउने, कर्जा अधिक मात्रामा बिस्तार हुने, मुलुकको मुद्रा कमजोर हुदै जाने अर्थात् मुद्राको अबमूल्यन हुँदै जाने, निर्यात घट्ने, आयात बढ्ने र अन्ततोगत्वा मुलुकको शोधनान्तर स्थिति प्रतिकूल हँुदै गई विदेशी मुद्राको संचिति रित्तिदै जाने हुन्छ । त्यसैगरी मुद्राप्रदाय आवश्यकताभन्दा न्यून भएमा अर्थतन्त्रमा मूल्य घट्ने (Deflation), ब्याज दर बढ्ने, कर्जा महङ्गो हुन गई संकुचन हुने, मुलुकको मुद्राको पुनर्मूल्यांकन (Revaluation) हुँदै जाने हुन्छ । फलस्वरूप निर्यात घट्ने, आयात बढ्ने र विदेशी मुद्राको संचिति घट्दै जाने हुन्छ । यसरी मुद्राप्रदाय आवश्यकताभन्दा घटी वा बढी जे भए पनि त्यसले अर्थतन्त्रको हित गर्दैन । त्यसैले यसलाई ठीक स्तरमा कायम राख्नुपर्ने हुन्छ । अर्थतन्त्रमा मुद्राकोस्तर कति कायम गर्ने र त्यस्तो मुद्रा के प्रयोजनमा उपयोग गर्ने भन्ने नीति नै मौद्रिक नीति हो ।

मौद्रिंक नीतिका उद्देश्यहरू
मुद्राको अर्थतन्त्रमा गहन भूमिका रहेको हुदा मौद्रिक नीतिका विविध खालका उद्देश्य प्राप्त गर्न विभिन्न मौद्रिक उपकरण मार्फत यस नीतिलाई कार्यान्वयनमा ल्याइन्छः

  • सामान्यतया मौद्रिक नीतिको उद्देश्यमा अर्थतन्त्रमा विदेशी विनिमयदर र आन्तरिक मूल्य स्थिरता कायम गरी विकास अनुकुल स्थायित्व सृजना गर्नु र अर्थतन्त्रको विकासलाई प्रोत्साहन गर्नु हो ।
  • मौद्रिक नीतिका उद्देश्य मुलुकको आर्थिक स्थिति, भौगोलिक वनावट, वैदेशिक ब्यापारको स्थिति, उद्योग तथा वाणिज्य क्षेत्रको अवस्था अनुरूप फरक–फरक हुन सक्छन् ।
  • सामान्यतया मौद्रिक नीतिका निम्न प्रमुख उद्देश्यहरू रहेको पाइन्छ ।

मूल्य स्थिरता वाह्य स्थिरता विनिमयदर स्थिरता आर्थिक विकास आर्थिक वृद्धि रोजगारी सृजना मौद्रिक नीतिले २ काम गर्छ । वर्तमान समयमा कति तरलता छ त्यसको पहिचान गर्ने घटी भए बढाउने, बढी भए Withdraw गर्ने, आबश्यक जतिमात्र कायम गर्ने ।

मौद्रिक उपकरणहरू

  • केन्द्रीय बैंकले विभिन्न प्रत्यक्ष र अप्रत्यक्ष मौद्रिक उपकरणहरू (Monetary Instruments) प्रयोग गरेर अर्थतन्त्रमा सृजना हुने मुद्रालाई आवश्यकतानुसार घटाउने र बढाउने गर्दछ ।
  • अर्थतन्त्रमा केन्द्रीय बैंकले मुद्रा प्रदाय घटाउन र बढाउन उपयोग गर्ने उपायहरू वा चाल्ने कदमहरूलाई मौद्रिक उपकरण भनिन्छ ।
  • निक्षेप र कर्जाको ब्याज दर निर्धारण, क्षेत्रगत कर्जाको सीमा निर्धारण, वाणिज्य बैंकहरूलाई केन्द्रीय बैंकले दिने कर्जा वा पुनर्कर्जाको ब्याज दर (Bank Rate) परिवर्तन, अनिवार्य नगद मौज्दात (Cash Reserve Ratio, CRR) को अनुपात परिवर्तन, अनिवार्य तरलता मौज्दात (Statutory Liquidity Ratio, SLR) को अनुपात परिवर्तन, खुला बजार कारोवार (Open Market Operations) आदि केन्द्रीय बैंकले मुद्रा नियन्त्रण गर्न प्रयोग गर्ने प्रमुख र प्रचलित उपकरणहरू हुन् ।
  • केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई तरलता वा ब्याजदरका सम्बन्धमा कुनै लिखित निर्देशन जारी नगरी नैतिक दवावको माध्यमबाट पनि ती कुराहरूमा आफूले चाहेको परिवर्तन गराउन सक्तछ । यो पनि मौद्रिक उपकरण नै हो जसलाई Moral Suasion भनिन्छ ।
  • अर्थतन्त्रमा मुद्रा प्रदाय बढी भई विकृतिहरू देखा परेको अवस्थामा केन्द्रीय बैंकले बैंक दर तथा अनुपातहरू बढाउँछ । ब्याज दर वृद्धिले मुद्रालाई महङ्गो पार्दछ, निक्षेप संकलन बढाउँछ र कर्जा बिस्तारलाई नियन्त्रण गर्दछ भने अनुपातहरूको वृद्धिले बाणिज्य वैंकहरूसँग रहेको तरलतालाई उपयोग गर्न नपाउने वा कर्जा विस्तार गर्न नपाउने गरी घटाउँछ । यी सबै उपायहरूको उपयोग गरेमा अर्थतन्त्रमा तरलता घट्न जान्छ ।
  • यसरी केन्द्रीय वैंकले अर्थतन्त्रमा मुद्रा प्रदाय घटाउन ब्याज दरहरू र नगद तथा तरलता अनुपातहरू बढायो भने त्यस्तो मौद्रिक नीतिलाई संकूचनकारी (Contractionary) मौद्रिक नीति भनिन्छ भने ब्याज दरहरू र नगद तथा तरलता अनुपातहरू घटायो भने त्यस्तो मौद्रिक नीतिलाई विस्तारकारी (Expansionary) मौद्रिक नीति भनिन्छ ।
  • खुला बजार कारोवार (Open Market Operations,OMO) अर्थतन्त्रको मुद्रा नियन्त्रण गर्ने अर्को प्रभावकारी मौद्रिक उपकरण हो ।
  • यस्तो कारोबारमा निर्धारण हुने ब्याज दरले अर्थतन्त्रको मुद्राप्रदाय वा तरलताको स्थितिको बारेमा जानकारी दिन्छ

यो कारोवारमा निर्धारण हुने ब्याजदर क्रमिक रूपमा घट्दै गयो भने त्यसबाट अर्थतन्त्रमा अधिक तरलता छ भन्ने बुझिन्छ र त्यस्लाई केन्द्रीय बैंकले घटाउन चाहन्छ भने उसले खुला बजार कारोबार मार्फत बिक्री हुने सरकारी ट्रेजरी विलको परिमाण बढाई अर्थतन्त्रबाट बढी से बढी तरलता प्रशोचन (Mop Up) गर्दछ । त्यसैगरी यदि यो कारोवारले बढी ब्याज दर निर्धारण गर्दछ वा बढी ब्याज दर पाए मात्र ट्रेजरी बिल खरिद गर्न बाणिज्य वैंकहरू तयार देखिए भने केन्द्रीय वैंकले अर्थतन्त्रमा तरलता कम छ भन्ने बुझ्दछ र उसले अर्थतन्त्रमा बढी तरलता पठाउन (Inject) बढी ब्याज दरमा ट्रेजरी बिलहरू पुनर्खरिद (Repurchase, Repo) गर्दछ वा कम परिमाणमा ट्रेजरी विल बिक्री गर्दछ । यस्तो कारोबारलाई ट्रेजरी विलको दोस्रो बजार (secondary Market) भनिन्छ । नेपालमा यस्तो कारोवार नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण विभागले २०५० साल देखि सञ्चालन गर्दै आएको छ । यो कारोवार प्रत्येक हप्ताको सोमबारका दिन गर्ने परम्परा छ जसमा प्रत्येक वाणिज्य वैंकहरू सहभागी हुने गर्दछन् । त्यसैले नेपाल राष्ट्र बैंकको लागि मुद्रा नियन्त्रणको यो सशक्त उपकरण भएको छ ।

Compiled and collected by
Basudev Sharma Poudel(PHD)

Have a question? Ask us in our discussion forum.