पेन्सिल र इरेजर



पेन्सिल र  इरेजर
– Saroj Nepal | Class 11 | St. Xaviers’


पेन्सिल :- मलाई माफ गर्नु । 
इरेजर :- के को लागि माफ गर्नु ???? तिमीले केही गल्ती गरेकै छैन त । 
पेन्सिल :- I’m सरी, मेरो कारणले तपाइलाई दु:ख भयो । जब म बाट गल्ती हुन्छ तपाईंले सधैं मेरो गल्तिलाई सच्याइ दिनुहुन्छ,,,तर मेरो गल्तिलाई सच्याउदा सच्याउदै तपाईं खिएर झन झन सानो बन्नुहुन्छ र सकिनु हुन्छ । 
इरेजर :- । तिम्रो कुरा सही हो,,,,,, तर तिम्रो गल्तिहरुलाई सुधार्न को लागिनै म बनेको हुँ । मलाई थाहा छ तिम्रो गल्तीलाई सुधारदा सुधारदै एक दिन मैले सकिनु पर्ने छ . तर मलाई कुनै दु:ख र गुनासो छैन,, म खुशी नै छु । त्यसैले तिमी मेरो कुनै चिन्ता नलेउ । तिमी दुखी भएको मलाई राम्रो लाग्दैन । 

हाम्रा अभीभाबकहरु हाम्रो लागि इरेजर जस्तै हुन अनी हामीहरु चाँही पेन्सिल । 
जसरी पेन्सिलको गल्ती इरेजरले सुधारछ त्यसरी नै हाम्रो गल्तिहरुलाई सुधारेर सही बाटो हाम्रो बुवा आमाले हामीलाई देखाउनु हुन्छ । हाम्रो गल्तीहरु सुधारदा सुधारदै 
हाम्रो बुवाआमाहरु पनि इरेजर जस्तै खीइदै जानुहुन्छ ( बुढो हुनुहुन्छ) र संसारबाट बिदा हुनुहुन्छ । 
त्यसैले आफ्नो आमाबुवाहरुको राम्रो ख्याल राख्नु पर्छ र उहाँहरुसँग सधैं नम्र भएर मिठो बोल्नु पर्छ । 
यदी बुवाआमा हाम्रो बल्यकाल्को लाठी हो भने हामी पनि बुवाआमाको बुढेसकालको लाठी बन्नु पर्छ । 
अन्त्यमा ;- “यदी तपाईं आफ्नो आमाबुवाको आदर र सम्ममान गर्नुहुन्न भने पछी आफ्नो सन्तान बाट पनि कुनै आशा नगरनुहोला किन कि तपाईंले जती मायागरेर आफ्नो सन्तानलाई हुर्काउनु हुन्छ त्यतिनै माया गरेर तपाईंलाई पनि तपाईंको बुवाआमाले हुर्काउनु भएको हुन्छ ।” 
सावधान :- बुवाआमालाई लत्याएर श्रीमिती लिएर हिंड्नेहरु ।