Gajal




कसरी पोखौ पिर र व्याथा यो मरुभुमिको 
याद आउछ सधैं गाउ र बस्ती झुपडीहरुको । 
सपनी देख्छु बालबच्चा सँग खेलेको रातिमा 
आउछन लाखौं बिरही याद पोल्दछ छातीमा । 
प्रक्रिती प्रेमी सुन्दर कि धनी जननी तिमीमा 
सुन फल्दो रैछ चलाउन जाने नेपाली भूमिमा l 
म चिट्ठी लेख्छु बिरही यादमा कसले हो पढिदिने 
प्रबासी व्याथा दुख र मर्म छैन कोहि बुझ्दिने l 
सुन्दरता बोक्ने हिमचुली सधै आँखामा टल्कंछ 
प्रबासी जीवन सम्झेर ल्याउदा यो मुटु झस्कन्छ यो मुटु झस्कन्छ ll

– Tika Bhatta