हारजित

सामाजिक यथार्थवादी कथाकार भवानी भिक्षु सफल मनोवैज्ञानिक साहित्यकार हुन् l झिनो कथावस्तुमा पात्रको मनको विस्लेषण गर्न पोख्त यिनी आन्चालिक साहित्यकार पनि हुन् l चरित्रको मनको कुना सम्म पुगेर पाठकलाई मनोवैज्ञानिक यथार्थता प्रस्तुत गर्ने कथाकार भिक्षुका कथामा मार्मिकता, कारुनिकता पाइन्छ l यौन मनोविज्ञानलाई अति शिस्ट ढंगले प्रस्तुत गर्दै कथा रचना गर्ने कथाकार भिक्षुको समाज मनोविज्ञानमा आधारित कथा हारजित हो l

तराइको परिवेशमा संरचना गरिएको हारजित कथा सामाजिक यथार्थवादी मनोवैज्ञानिक कथा हो l दुइ प्रतिष्ठित र मर्यादित व्यक्तित्वका बीच उच्च सामाजिक प्रतिष्ठा प्राप्तिका लागि चलिरहेको आन्तरिक द्वन्दलाई कथामा वास्तविक परिवेशमा प्रस्तुत गरिएको छ l व्यक्तिलाई गौण र सामाजिक मर्यादा लाइ उच्च बनाइएको यस कथामा हार र जीतको द्वन्दलाई नै मूल विषय बनाइएको छ l समाजको प्रतिष्ठित व्यक्ति घुरहू महतोले आफ्नो सामाजीक प्रतिष्ठा बचाई राख्न सोनावालाई अलगुवाको घर पठाई आफ्नै विवाहित छोरी रतियालाई मजदूर बनाइ मनोहर कहाँ पठाएको छ l यसबाट व्यक्तिगत इज्जत भन्दा सामाजिक मर्यादा र सम्मान ठुलो हुन्छ भन्ने कुरा पुस्टि हुन्छ l त्यस्तै मनोहरले पनि सोनावालाई फिर्ता नगर्ने निधो गरेपनि फर्काउन बाध्य भएको र रतियालाई स-सम्मान विदाई गरेर पठाएको घटना बाट मानिस धनका दृष्टिले जतिसुकै उचाईमा पुगेपनि सामाजिक मर्यादा र प्रतिष्ठालाई सबै भन्दा माथि राख्छ भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ l दुबै मान मर्यादा बचाई राख्न आन्तरिक होडबाजी गरेका छन् l गाउँका न्यायमूर्ति भएका नाताले अलगुवाले आफ्नो समस्या घुरहू समक्ष पोख्दछ भने गाउँको आर्थीक समस्या मनोहरले टारेपनि आफुलाई गाउँलेले घुरहुलाई भन्दा कम सम्मान दिएको मनोहरले महसुस गर्दछ l दुवै जनाको पूर्ण रुपमा जीत हार नभएको यस कथामा जुन घटनाले घुरहुलाई विजयी बनाएको छ त्यहाँ मनोहरले हारको महसुस गरेको देखिन्छ l त्यसै गरि मनोहरले जीतको ताज लगाउदा घुरहू लज्जित हुनुपरेको छ l पात्रको पूर्ण रुपमा जीत हार नभएपनि मानवीय अहमको भने जीत नै भएको छ जुन कथाको मूल तत्व हो l

दुवै पात्रको मनोविस्लेशन गर्न कथा सफल भएको छ l न्यायिक प्रतिष्ठाले उचाईमा पुगेको घुरहू महतो अर्थले प्रतिष्ठित मनोहरको द्वन्द वा आन्तरिक प्रतिस्पर्धा यहाँ देखिएको छ l अलगुवाको समस्याले घुरहू चिन्तित हुनु, उनलाई खाना नरुच्नु, रतियालाई सोनावाको साटो पठाउनु, रतियाको विदाइमा सामेल नहुनु घुरहुको मानसिक प्रतिक्रिया हो भने अर्थको घमण्ड देखिनु चतुर्याई पुर्वक सोनावालाइ घर पठाइदिनु, रतियालाई माया गरि राख्नु, रतियाको विदाइमा प्रशस्त धन खर्चिनु, समाजलाई उदारता देखाउनु, घुरहुलाई तड़पाउनु मनोहरको मानसिक प्रतिक्रिया हो l यसरी दुइ पात्रको चेतन अचेतन अवस्थामा मनोद्वन्द देखाउन कथा सफल भएको हुनाले यस कथाले मनोवैज्ञानिक कथा भनिन्छ भने सामाजिक विषयले मान्छेको अहममा पार्ने प्रभाव कथामा देखिएको हुनाले यस कथालाई सामाजिक मनोवैज्ञानिक कथा भन्न सकिन्छ l

 

Credits : Sameen Poudel, Sanjaya Kumar Shah
About Author: admin

Comments are closed.

Find us on Facebook