हर्क बहादुर



समसामयिक यथार्थलाइ कविताको मूल विषय बनाउने कवी दिनेश अधिकारी आधुनिक कविता क्षेत्रका प्रतिनिधि कवी र गीतकार हुन् l मानवता, स्वतन्त्रता र राष्ट्रियता कविताका विषय बनाउने कवी अधिकारीका कविता कृतिमा युगबोध र सचेतता पाइन्छ l वर्तमान मानव जीवनका समस्या, जटिलता संघर्ष, पिडा, आक्रोश, असन्तुस्टी र विशंगती कवी अधिकारीका कविताका महत्वपुर्ण पक्ष्य हुन् l आशlवादी चिन्तन, समाज सुधारको आग्रह, सुखी र सम्पन्न जीवनको आवश्यकता, मानवीय मुल्यको स्थापना गर्ने संदेश आदि कवी आदिकरिका काव्य चिनारी हुन् l

दरिद्रता, आर्थिक विषमता, दयनीय आवस्था, अभावग्रस्त जीवन शैली, प्रस्तुत गरिएको कविता हो ‘हर्क बहादुर’ l गाँस, बाँस र कपासको समस्याले आक्रान्त बनेको आम नेपालीको प्रतिनिधि पत्र हर्क बहादुर लाइ दुख, वेदना र पीडाको पुन्जको रुपमा कवितामा प्रस्तुत गरिएको छ l शोषित, पिडित र न्युनतम आवस्यकता पनि पुरा नभएका नेपाली जनताका मर्मस्पर्शी जीवन पद्धती यस कविताको विषयवस्तु हो l कठोर परिश्रम गर्ने, श्रमजीवी,नेपालीले दिन रात रगत सरह पसिना बगाउंदा पनि जीवन कस्टकर भएको आम नेपालीका विशेषता कवितामा व्यक्त भएको पाइन्छ l काले, चाउरे, भरिया, दाउरे, घाँसे, खेतालो, मजदुर, आदि नामले सम्बोधित हर्क बहादुर जस्ताको जीवन भोक र शोकमा डुबेको तर भाषण दिने नेता र त्याग दिने सरकारको ध्यान त्यस तर्फ नगएकोमा दुखित हुँदै कविले व्यंग्य प्रस्तुत गरेका छन् l सोझा र सरल नेपालीलाई मीठा भाषणले अल्झ्याएर निम्न वर्गीय नेपालीका, धड्लाई कुल्चिएर अगाडी बढेको हाम्रो सामाजिक, राजनैतिक विशंगत परिवेशले गरिब जनताका जीवनमा कुनै परिवर्तन नआएको यथार्थता कवितामा पाइन्छ l गरिवी, अभावग्रस्त विवस्ताको कारणले नेपाली जनता विश्व समय सापेक्ष हुन नसकेको वास्तविक चित्र कवितामा भेटिन्छ l निरन्तर रुपमा काममा घोटियिरहेका गाँस, बाँस र कपाशबाट वान्चीत नेपाली जनतालाई झन्डा, भाषण, समारोह होइन, लुगा, अन्न दिनुपर्ने विचार कवितामा पाइन्छ l

वर्गीय असमानता, विभेद, आर्थिक विषमता, आशिक्षा जस्ता जटिलताले नेपालीका जीवन कस्टकर भएको र नेपालीको वेदना र दुखको आन्त्य गारिनुपरने विचार कवितामा पाइन्छ l रास्त्रियता, नागरिकता, स्वतन्त्रता र जातियता जस्ता नाराले भोको पेट र नाङ्गो शरीर अनि घरबार बिहिन व्यक्तिलाई निरर्थक हुने विचार कविताको सारतत्व हो l श्रम, सीप र न्यायको पक्षमा संदेश दियिएको यस कवितामा मान्छेको मूल्य रक्षा गरिनुपर्ने आवश्यकता र मान्छेलाई वस्तुसँग तुलना गर्न नहुने विचार मूल भावको रुपमा पाइन्छ l रास्त्रोन्नतीका लागि जनता सुखी, सम्पन्न र सक्षम हुनुपर्ने मूल विचारलाई प्रस्तुत गरिएको यस कवितामा जसले मिहिनेत गर्छ उसले फल पाउनुपर्छ भन्ने वास्तविक सकारात्मक सोचलाई अघि सारिएको छ l आस्वाशन, भाषण र नारा आजका नेपालीका आवश्यकता नभई अवशर र शlधनको खोजि र खाँचो परेको विचार पनि यस कविताको सार तत्व हो l कर्मठ, क्रियाशील, इमान्दार, स्वभिमानी, मिहिनेती आम नेपाली नै देसका चिनारी भएकाले दरिद्रता, असमानता, अभाव र भेदभावको अन्त्य हुनुपर्ने विचारलाइ मूल रुपमा प्रस्तुत गर्दै कवितामा मानवीय मुल्यको खोजि, कोरा आदर्शको आन्त्य, बाध्यता र विवास्ताको पूर्णविराम हुनुपर्ने भाव पाइन्छ l

 

Credits : Sameen Poudel, Sanjaya Kumar Shah
About Author: admin

Comments are closed.

Find us on Facebook