मेरो देश



क्रान्तिकारी, विद्रोही, स्वच्छन्दतावादी र स्वतन्त्रतावादी कवी भूपी शेरचन नेपाली काव्य फाँटका गद्ध्य कवी गोपाल प्रसाद रिमाल पछिका सर्वाधिक लोकप्रिय र चर्चित कवी हुन् l सामाजिक र आर्थिक विषमता, मानवीय जीवन भोगाईका समस्या, मानवीय जीवनका उत्पीडन र उच्च देशप्रेम कवी शेरचनका काव्यका चिनारी हुन् l व्यंग्यात्मकता, समानता र स्वच्छता कवी शेरचनका काव्यगत विशेषता हुन् l

प्रस्तुत ‘मेरो देश’ कविता कवी भूपी शेरचनको अत्यन्तै लोकप्रिय र चर्चित कविता संग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ मा संकलित रहेको छ l रास्त्रियता, देश प्रेम र प्रकृति प्रेममा केन्द्रित भएर रचना गरिएको यस कवितामा नेपाली प्रकृतिको महिमा गान गाइएको छ l नेपाली प्रकृति हामी नेपालीका धरोहर, गौरब र सम्पदा भएको कुरा कवितामा व्यक्त गरिएको छ l नेपाली धर्ति, प्रकृति र मुस्तंगी परिवेशको मुक्त कण्ठले प्रसंशा गर्दै आफ्नो देशको प्राकृतिक सौन्दर्य अवर्णनीय र अदितीय भएको भएको कुरा कविले प्रस्तुत गरेका छन् l नेपाली माटो, हावा, पानी, नदी, फूल, खोलो, मुना, हिमाल, पहाड, आदिको चर्चा गर्दै नेपाली प्रकृतिलाई जीवन्त रुपमा कविताम्श प्रस्तुत गरिएको छ l प्राकृतिक दृष्टिले भरिपुर्ण एवं रमणीय मुलुक नेपालमा विहानको सुर्यको किरण संगै जुन फर्कने कुरा बताइएको छ l आलुपखाडाका फुलसंगै कुखुराको चल्लाको मुलायामको तुलना गरिएको यस कवितामा जुनेली रातमा हिउँ पर्दाको मनोरम दृश्य प्रस्तुत गरिएको छ l लोभ, लालच र तृष्णामा आफ्नो रास्ट्रीयतालाइ नै भुल्ने मानिसहरुलाई सम्झेर धुपी र सल्लाहरु रुन्छन भन्दै कविले आफ्नो कर्मशील, प्रकृतिप्रेमी, र राष्ट्रप्रेमी भावना यहाँ प्रकट गरेका छन् l जहिले पनि बगिरहने नदि, खसीरहने छहरा, सधैं प्रकाशमान हुने हिमचुली, आन्ध्यरोलाई प्रकाशमय बनाउने जुनकिरी, थाकेको बटुवालाई स्फूर्ति दिलाउने चिसो हावा, वरिपरीको पर्यावरणलाइ सुगन्धमय बनाउने कस्तुरी आदि जस्ता जति वर्णन गरेपनि नसकिने प्रकृतिलाई प्रस्तुत गर्दै आफ्नो देशलाई कविले चिनाएका छन् l

प्रक्रितिप्रेमको सुरिलो भाकामा माटो प्रेमलाई सशक्त रुपमा प्रस्तुत गरिएको यस कवितामा रास्ट्र प्रतिको चोखो मायालाई जीवन्त पारिएको छ l जुन कविताको मूल भाव हो प्रकृतिको मनोहर उपमाहरू बाट सजिएको यस कवितामा प्रकृति मोह मुखरीत भएको छ भन्न सकिन्छ l व्यक्तिगत रुपमा सुख चाहना र रास्ट्र छोडी हिड्ने नेपालको माया मार्ने व्यक्ति प्रति आक्रोश व्यक्त गरिएको l यस कवितामा नेपालि धर्तीलाई मानाविकरण गरिएको छ l हर बिहान धर्तिरुपी आमाले सुर्य रुपी छोरो पाएको संधर्ब उल्लेख गर्दै हाम्रो प्रकृतिले नै हामीलाई सधैं उत्साहित प्रेरित गराइराखेको धर्ति जस्तै जहिले पनि सुखी र आन्दित भैरहनुपर्ने रास्ट्रवादी र प्रकृतिवादी चिन्तन कविताको मूल भाव हो l

 

Credits : Sameen Poudel, Sanjaya Kumar Shah