मानुषी



 प्रगतिशील विद्रोही चिन्तन व्यक्त गर्ने पारिजात नारी साहित्यकारिताको क्षेत्रमा सर्वोच्च नारि प्रतिभा हुन् l कुण्ठा, वितृष्णा, एक्लोपन, विसंगतिवादी, अस्तित्ववादी जस्ता प्रबृत्ति उनका लेखकीय विशेषता हुन् l मानवीय जीवनको अस्तित्व र मुल्यको खोजिगरि जीवनवादी सकारात्मक चिन्तन कवी पारिजातका काव्यका विशेषता हुन् l कुरीति, कुसंस्कारले आक्रान्त पारेको समाजमा स्वच्छत, समानताको नया जागरण ल्याउने आग्रह उनका कृतिमा भेटिन्छ l लैंगिक समानता, शोषण र अन्याय रहित समाज कविताका संदेश हुन् भन्न सकिन्छ l
          नारि अस्मिता र महत्वको पुनः स्थापनामा जोड दिइएको कविता मानुषी हो l आदि कालमा सम्पन्न र सम्मानित नारी सभ्यताको विकाश संगै दुर्बल र कम्जोर हुन पुगेको विषयलाइ कवितामा व्यक्त गरिएको छ l पितृसत्ता र पुरुषको शोषणले वर्तमान समयमा नारीहरु परनिर्भर, असुरक्षित र दरिद्र भएको यथार्थ प्रति आक्रोश प्रकट गरिएको छ l नारी पक्षमा वकालात गरि रचना गरिएको यस मानुषी कवितामा पुरुषले गर्न सक्ने सबै काम नारीले गर्न सक्छे, पुरुष जीवनका अदिकांस अनुभूति नारीले गर्न सक्छे तर नारीका अत्यन्त गहिरो र बेग्लै अनुभूति पुरुषले गर्न नसक्ने तथ्य व्यक्त गरीएको छ l सामन्ती शोषणले दाइजोको लागि नारीलाई पशुगत व्यवहार गरेको र आफ्नो आस्मिता जोगाउन संघर्ष गर्दै आउनु परेको यथार्थलाई कवितामा देखाउदै नारीलाई मानवीय व्यवहार गरिनुपर्ने विचार प्रकट भएको छ l

लैंगिक असमानताको दुखद अवस्थालाई देखाउदै यस कवितामा सामाजिक सहकार्य, समान अस्तित्व र सद्भावको चाहना व्यक्त गरिएको छ l नारि र पुरुष एकै सिक्काका दुइ पाटा झैं परिपुरक भएकाले दुवैको एकाकारबाट समाज सभ्य र सुचारु हुने कुरा कविले व्यक्त गरेकी छिन् l वर्गीय असमानता, अन्याय सोषण, अत्याचार र अन्धविस्वासको अन्त्य गर्ने उदेस्यले रचना गरिएको यस कवितामा रजस्वला, गर्व धारण र प्रसव जस्ता प्राकृतिक पीडादायी क्षणमा पुरुष सहभागी हुनु नपर्ने, समाजमा पुरुष कलंकित हुनु नपर्ने तर अस्मिता जोगाउन नारी नै चनाखो हुनुपर्ने वास्तविकता पनि कविताका उल्लेखनीय पक्ष हुन् l पितृसत्तात्मक सामन्ती प्रथा विरुद्ध आलोचना गर्दै नारीका प्राकृतिक यथार्थलाइ उच्च मुल्यांकन गरिनुपर्ने विचार कवितामा भेटिन्छ नारी पुरुषको समानताको कल्पना गर्दै मत्रिशक्ति, नारी शसक्तता, नारी क्षमता जस्ता कुराहरु आजका समयमा बुझ्नुपर्ने आवश्यकतालाइ कवितामा औंल्याइएको छ l एकताबद्ध, समानुपातिक र सम्मान जन्य सम्बन्धले समाज, शक्तिशाली, शान्त, सभ्य र अन्याय रहित हुने हुनाले त्यस तर्फ लाग्न गरिएको आग्रह कविताको मूल भाव हो l

Credits : Sameen Poudel, Sanjaya Kumar Shah