मधु मालतीको कथा



बिशेस्वरप्रसाद कोइरालाको मनोबैज्ञानिक प्रवृति र गुरुप्रसाद मैनालीको सामाजिक यथार्थवादी शैलीलाई एकै ठाउँमा ब्यक्त गर्ने कथाकार रमेश विकल प्रगतिशील कथाकार हुन् l बिपन्न वर्गप्रति सहानुभूति प्रकट गर्दै सामन्ती वर्गको शोषण अन्याय अत्याचार लाइ बिद्रोह गर्ने कथाकार विकलका कथामा गरिब जनजीवनका समस्या बाध्यता र विवसता व्यक्त गरिएको पाइन्छ l काठमाडौँ वरिपरिको परिवेशलाई कथामा व्यक्त गर्ने कथाकार विकल्का कथामा वर्गीय द्वन्द, असमानता, अन्धविस्वास जस्ता विषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको पाइन्छ l सामाजिक यथार्थको धरातलमा बालमानोविज्ञानलाइ प्रस्तुत गरिएको यस मधु मालतीको कथामा वर्गीय विभेद, जातीय असमानता र बालमस्तिस्कलाई प्रस्तुत गरिएको छ l नेपाली समाजमा विद्ध्यमान वार्गभेदको अवस्थालाई कथामा शंकर र गौरीको परिवार बाट प्रस्तुत गरिएको छ l विपन्न वर्गीय समाजको मर्म र वेदनालाई मार्मिक रुपमा प्रस्तुत गरिएको यस कथामा बाल मनको सुक्ष्म विस्लेषण गरिएको छ l अबोध बालसंसारमा बाधक भएर उभिने समाजको विभेदपूर्ण संरचना प्रति कथाकार आक्रोशित पनि भएका बुझिन्छन् l उच्च वर्गीय समाजको दमनकारी मनोवृत्ति कथामा प्रस्तुत गर्दै लोक कथाको पृष्ठभूमिमा नेपाली समाजको भेदभावपूर्ण अवस्थालाई कथामा चित्रण गरिएको छ l

समाजमा असमानता र वर्ग विभाजन भएपनि बाल मस्तिस्कले त्यसको बोध नगर्ने कुरालाई कथामा शंकर र गौरीको घनिष्ट सम्बन्धबाट पुस्टि गरिएको छ l बालबालिकाले लौकिक र अलौकिक सन्दर्भ र अपरिपक्व मानसिकताले ठुलो र सानो रुपको भेदभाव महसुस गर्न नसक्ने मनोवैज्ञानिक सत्यका कथामा संकर र गौरी मार्फत प्रस्तुत गरिएको छ l कथाको जस्तै मधुकरको बासुरीबाट मालतीरुपी गौरीलाई बोलाउन चाहनु, आफ्नी आमा संग घोडाको माग गर्नु, मधुकरले जस्तै साहसी काम गर्न उत्प्रेरित हुनु, गौरीको सम्पन्नताको बोध नहुनु, आदि संकरको मनोदशा हो भने मालतीझैं मधुकररुपी संकरलाइ पारिवारिक विरोध भएपनि सकेसम्म साथ दिनु, बादलपारीको सहरमा जाने इच्छा गर्नु, आफ्नै फुपुदिदिलाई बोक्सी बुढी भन्नु, आदि गौरीको बाल मनोदशा हो l यसरी दुइ बालपात्रको मानसिक अवस्थालाई कथामा देखाइएकोले यो कथा बाल मनोबैज्ञानिक कथा हो भन्न सकिन्छ l

सामन्ती वर्गले गरिब वर्ग प्रति गर्ने रुखो व्यवहारलाई कथामा प्रस्तुत गरिएको छ l गौरीको परिवारले संकर्लाई गरेको अपमान, तिरस्कार र घ्रिनाले सम्पन्न वर्गको क्रूर,अविवेकी र अमानवीय सामाजिक यथार्थलाइ प्रस्तुत गरेको छ l धनी वर्गले गरिबलाई मान्छेनै नठान्ने, धनीको छोराछोरीसंग हेलमेल नै गर्न न हुने अन्याय पूर्ण सामन्ती सोच कथामा गौरी र संकरको घनिष्टतालाइ टुक्रा पारिदिएबाट प्रस्ट हुन्छ l त्यसैगरी गरीबको छोरो संकरसित बढेको मित्रतालाई वियोगमा पुर्याउन गौरीका परिवार बसाइ नै सरेको यथार्थता पनि कथामा प्रस्तुत गरिएको छ l गरिबको चाहना, इच्छा , आकांक्षा, सम्पन्न वर्गको दमनले पुरा न हुने तथ्य लाइ कथामा संकरको घोडालाइ गौरीको मोटरले किचीमिची पारिदिएको प्रसंगले पुस्टि भएको छ l यसमा फुपुदिदिको गालीले गर्दा संकर सिकिस्त रुपमा बिरामी पर्नुले पनि यस कथाको मनोवैज्ञानिक पक्षलाइ दर्साएको छ l

 

Credits : Sameen Poudel, Sanjaya Kumar Shah

Don't be selfish...share it

Do you think you can improve this post? Contact us!

Find us on Facebook