भलादमी

नेपाली साहित्यमा धेरै विधामा कलम चलाएर विशिष्ठ पहिचान बनाउने साहित्यकार लक्ष्मीप्रसाद देवकोटा मुलत: कबि हुन् भने त्यसपछि उत्कृष्ट निबन्धकार हुन् l नेपाली निबन्ध परम्परामा निजात्मक शैलीलाइ भित्र्याएर उचाईमा पुर्याउने निबन्धकार देवकोटा आफ्ना निबन्धको विषय उच्च राष्ट्र भक्ति जातीय मोह, प्रकृति, प्रेम आदि चयन गर्छन l मानवता, अतित प्रति मोह, वर्तमान जीवन पद्धती प्रति असन्तुस्टी, निबन्धकार देवकोटाका निबन्धगत चिनारी हुन् l समसामयिक विषयमा देखिएको विकृति विसंगति र अन्ध विस्वासलाइ काव्यात्मक भाषा शैलीले व्यंग्यका साथ प्रस्तुत गर्दै सुधारवादी आकांक्षा व्यक्त गर्ने उत्कृस्ट निबन्धकार लक्ष्मीप्रसाद देवकोटा हुन् l

विचार प्रधान भएको यस भलादमी निवन्ध निवन्धकlर देवकोटाको उत्कृस्ट व्यन्ग्य निवन्ध हो l अरुको हित चिताउने, परोपकारी र समाजसेवी व्यक्ति भलादमीको रुपमा चिनिने तर आजको समयमा घमण्डी रवाफिला र आडम्बरी व्यक्तिहरु भलादमीको रुपमा चिनिएको कुरा व्यन्ग्यताका साथ निवन्धमा प्रस्तुत गरिएको छ l आजका भलादमिमा भएका विकृति र बोक्रेपनलाइ सुक्ष्म रुपमा केलाउदै पण्डित, गुरु र भलाद्मी जस्ता शब्दको प्राचिन महत्व हराउदै गएको यथार्थता निवन्धमा भेटाइन्छ l बाहिरी सजधज,कृत्रिम बोलि, हिडाई, हसाइ र पोशाकमा आजको भलादमीपनले पहिचान बोकेको आत्मप्रदर्शन, आफ्नो प्रसंशा अनि तडक भडक शैली भलादमीका विशेषता भएको यथार्थतालाइ निवान्धकारले प्रस्तुत गरेका छन् l सत्य, इमान्दार र सच्चरित्रताका वास्तविक भलादमीहरु पाखा लागेका, बाहिरी आकर्शंनको ठाउँमा भलादमीले आफुलाई चिनाएको, ज्ञान भन्दा शरीर र आवरणलाई आजको भलादमीले महत्व दिएको विसंगति प्रति व्यंग्य गर्दै ग्यान, आत्मबोध र वास्तविकतालाइ विर्सन न हुने विचार निवन्धमा प्रस्तुत गरिएको छ l

निष्ठावान, इमान्दार र स्वावलम्बी व्यक्तिलाई यथोचित मानसम्मान दिनुपर्ने मूल भाव भएको यस निवन्धमा साहित्य, शिक्षा, धर्म र राजनीति हरेक क्षेत्रमा आधुनी भलादमीको विकृति मौलाएको कुरा प्रस्तुत गरिएको छ l मौलिक अस्तित्वको खोजी, सादा जीवनको आग्रह, कृत्रिमता र अप्रक्रितिकताको विरोध गर्दै सत्य र  वास्तविक भलादमीको पहिचान हुनु पर्ने विचार निवन्धमा मूल भावको रुपमा प्रकट भएको पाइन्छ l भौतिक र अध्यात्म विचको व्याबहारिक सत्यतालाई ग्रहन गरि हिड्ने व्यक्तिलाई भलादमी भनिएको यस निवन्धमा अध्यात्मवाद भित्र भएको अन्धविस्वास र विकृतिलाई हटाउँदा बाँकी हुने मानवीय चिन्तन भलादमी हुने चिन्तन निवन्धमा मूल भावको रुपमा पाइन्छ l

 

Credits : Sameen Poudel, Sanjaya Kumar Shah
About Author: admin

Comments are closed.

Find us on Facebook