बौलाहा काजीको सपना



सामाजिक यथार्थवादी, मनोवैज्ञानिक साहित्यकार विजय मल्ल ‘राधा मान्दिन’ एकांकीबाट नाट्य क्षेत्रमा देखा परेका नाटककार हुन् l नेपाली समाजको समस्या, शोषण, गरिवी अभाव आदिलाइ विषय वस्तुको रुपमा चयन गरि मानवता, समानता र स्वतात्रताको सन्देस दिने नाटककार विजय मल्लका नाटक मंचानिय दृस्टीकोणले उच्च कोटीको भएको पाइन्छ l रास्ट्रीय अन्तरास्ट्रिय स्तरका विशंगति अन्याय पात्रगत बहुलता पात्रको मनको विस्लेषण नाटककार मल्लका नाट्य चिनारी हुन् l

पांच अंकमा विभाजित भएको यस बौलाहा काजीको सपना नाटकमा राणाकालीन नेपाली समाजको गरीबी  असुरक्षा र समानताको कहाली लाग्दो अवस्थाको चित्रण गरिएको छ l आदर्श र यथार्थताको संदेश संयोजन भएको यस नाटकमा शिक्षाको चेतना संगै गारिवीको सोचाइमा परिवर्तन आएको र उपचार नपाइ अकालमा मार्नुपरेको बिरे जस्ताको बाध्यात्मक स्थिति देखाइएको छ l सामाजिक आर्थिक समस्या देखाउंदै शिक्षामा जोड दिने उदेस्यले नाटक संरचना भएको बुझिन्छ हास्य, करुण वीर रसको मार्मिक संयोजन भएको यस नाटकमा असमानता दरिद्रता र क्रूर प्रवृतिलाइ पूर्ण रुपमा नस्ट गरेर सुख सम्पन्न समाजको निर्माण गर्ने मूल उदेश्य रहेको पाइन्छ l एउटा सबल स्वस्थ सामाजको निर्माण गर्ने बौलाहा काजी बाट नाटककारले नाटकको संदेश व्यक्त गरेका छन् l तत्कालिन समाजमा अर्धपागल मानिए पनि जनमुखी सचेत र परिवर्तनशील काजी पात्रको माध्यमबाट नाटकमा मानवीय सदाचारको पाठ सिकाइएको छ l समानता स्वाधिनता र मातृत्वको भावनामा अभिब्रिदी गरि शिक्षाको महत्वलाई जोड दिनु नै नाटकको मूल भाव हो l शिक्षा बिना देस बिकाश सम्भव नभएकोले अपेक्षित ठानिएका बिरे जस्ता व्यक्तिले पनि पढ्न पाउनुपर्ने दरिलो आवाज नाटकमा व्यक्त भएको छ l अधिकारको लागि क्रान्तिकारी सन्देस भविस्य प्रति आशावादी सोच, तत्कालिन अनुदारवादी राजनैतिक व्यक्ति, युग द्रसटा व्यक्तिलाई बौलाहा भनिने शाषकिय मानाशिकता जस्ता नाटकका उल्लेखनीय पक्ष हुन् l गारिवी, अशिक्षा र असमानताले ग्रस्त नेपाली समाजको यथार्थ प्रस्तुत गर्दै गरीबीबाट उन्मुक्ति पाउन मृत्यु वरण गर्नुपर्ने बिरे जस्ताको बिवसता देखाउनु पनि नाटकको मूल भाव हो l गारिवी निवारण, सामाजिक न्यायका लागि संघर्ष गरिनुपर्ने जागरुकता परिवर्तनको चाहना र आवस्यकता पनि नाटकको मूल भाव हो l गरीब दुखिहरु प्रति सहयोगका हातहरु बढाउनुपर्ने, बिरामीले औषधि पाउनुपर्ने, अशिक्षितले शिक्षा पाउनुपर्ने जस्ता सकारात्मक विचार सहित तत्कालिन सामाजिक दुरावस्थालाई देखाउनु पनि नाटकको उदेस्य देखिन्छ l

२००४ सालको उकुश मुकुशको राजनैतिक परिवेशमा नाटक संरचित देखिएको छ l सामाजिक सुधार मानवता समाज सेवा र त्यागको महत्व उजागर गर्ने उदेश्यले रचना भएको यस नाटकमा तत्कालिन समयमा जनताका छोराछोरीका पहुँचमा लेखपढको स्वतन्त्र परिवेश नभएको देखिएको छ l अन्याय अत्याचार शोषणले जनताका छोराछोरिले सामान्य रोगको उपचार नपाएर अकालमा जीवन गुमाउनु परेको बिरे जस्ताको मृत्युको कारुणिक दयनीय परिवेश नाटकमा देखिन्छ l जनता सचेत हुँदै गएका सत्तालाई फाल्नु पर्ने तत्कालिन परिवेसमा काजी जस्तो सचेत पत्रलाई अर्ध पागल बनाइएको नेपाली राजनैतिक सामाजिक आर्थिक दुरावस्थाको परिवेशलाई व्यंग्य प्रहार गरेको छ l उच्च खान्दानको लागि मात्र शिक्षाको एकाधिकार भएको तत्कालिन परिवेशमा भरियाको छोरो बिरे जस्ताले पढ्न पाउनुपर्ने क्रान्तिकारी विचार पनि नाटकमा प्रकट भएको छ l अनुदारवादी साशनकालमा निम्न वर्गीय जनताले पढ्नु सामाजिक अपराध जस्तै मानिने परिवेस नाटकमा धनमान साहुले भक्तेलाई बिरेको बिध्यालयमा गरेको सम्बोधनबाट बुझ्न सकिन्छ काजीको यथार्थता र आदर्श अनि बिरेको वास्तविकताले नाटकको परिवेशलाइ सशक्त बनाएको छ l

 

Credits : Sameen Poudel, Sanjaya Kumar Shah

Don't be selfish...share it

Do you think you can improve this post? Contact us!

Find us on Facebook