छिमेकी



प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनाली सामाजिक यथार्थवादी कथाकार हुन् l नेपाली समाजका वास्तविक घटनालाई कथाको विषयवस्तु बनाउने कथाकार मैनाली घटना प्रधान कथा लेख्ने कथाकार हुन् l ग्रामिण अशिक्षित परिवेश लाई अत्यन्त सजिब ढंगले प्रस्तुत गर्ने कथाकार मैनालीका कथामा मार्मिकता, हार्दिकता, मानबियता, र जिवन्तता प्रस्तुत भएको पाइन्छ l नेपाली जनजिब्रोमा उखान टुक्का थेगोलाई उपयुक्त पत्र द्वारा अनुकुल परिबेशमा प्रस्तुत गर्ने हुनाले मैनालीका कथामा स्वाभाविकता, रोचकता र आकर्शकता पाइन्छ l सरलता, सहजता उनका कथाका विशेषता भनेर चिनिन्छ l ११ वटा कथाको संग्रह ‘नासो’को एउटा कथा छिमेकी पनि हो l

सामाजिक यथार्थवादी धरातलमा प्रस्तुत भएको यस छिमेकी कथाको सिर्शक १ शब्दबाट निर्मित छ l छिमेकी भनेका नजिकै बसोबास गर्ने व्यक्ति भन्ने बुझिन्छ कथाकारले कथाका प्रमुख पlत्रहरु गुम्ने र धन्जिते मार्फत कथाको सन्देस ब्यक्त गरेका छन् l समाजमा घट्ने घटनालाई बिषय वस्तु  बनाइ छिमेकीको दायित्व र भूमिका लाइ यहाँ प्रस्तुत गरिएको छ l बोलचाल नभएको अशक्त छिमेकीलाई मानबिय नाताले सेवा गरेको छ l एउटा छिमेकीले कर्तब्य भुल्यो भन्दैमा अर्को छिमेकी पनि खराब हुनु हु दैन भन्ने सन्देस कथाकारले गुमाने मार्फत ब्यक्त गरेका छन् l छिमेकीले निजि स्वार्थ र फाइदा लाई भुलेर सद्भाव र मनबताको भlब राख्नुपर्छ भन्ने कथाको मुलभाव लाई कथाकारले गुमनेलाई त्यागी र महान बनाएर प्रस्तुत गरेका छन् l

छिमेकी दुख सुखका सहयात्री, एक अर्काको परिपुरक हुनाले असल छिमेकीले सामान्य खटपट बिर्सनु पर्छ भन्ने भब कथामा पाईन्छ l बैगुनीलाई गुनले मर्नुपर्छ भन्ने लोक आदर्शका कुरा लाई कथामा सन्देसको रुपमा ब्यक्त गरेको पाईन्छ l एक अर्काको अस्तित्वमा संसार रहेकोले एउटालाई पर्दा अर्कोले मद्दत गर्नु पर्ने  विचार पनि यस कथाको मूल सन्देस हो l छिमेकी संग सुमधुर सम्बन्ध कायम गरिनुपर्छ र मिलनसारिता, समझ्दरिता, छिमेकीका बिशेषता भनि कथाकारले चिनाएका छन्  l

 

Credits : Sameen Poudel, Sanjaya Kumar Shah