कान्छी, भट्टी र देश



क्रान्तिकारी , प्रगतिवादी, जनपक्षीय कवी कृष्ण सेन इच्छुक सामन्ती सोषणको चर्को विरोध वर्गीय मुक्तिको पक्षमा दृढ प्रतिवद्धता र मानवीय मुल्यको खोजीका सशक्त सर्जक हुन् l समानताको विचार संदेसको रुपमा प्रकट गर्दै सामन्ती राज्य व्यस्थाको अन्त्य कवी सेनका कवितामा पाइने विशेषता हुन् l कान्छी, भट्टी र देश कविता नारी जीवनका वेदनाको अभिव्यक्ति दिने साहित्यिक सिर्जना हो l पुरुष सत्तात्मक समाजमा एक्लो भएर कान्छीले जीवन विताएका कस्टप्रद अवस्था यस कविताका विषय वस्तु हुन् l मन नलागी नलागी पनि भट्टी चलाउनु पर्ने बाध्यता कविताको उल्लेखनीय पक्ष हो l मन भित्र असाध्यै दुख, पीर, वेदना भएपनि हिमाली हाँसो जस्तै कान्छी बाहिरी मुस्कानले भट्टी चलाउन व्यस्त छे जीविकाको निम्ति गरीब माइतीले दिएको थोरै दाइजो बाट कान्छीले भट्टी थापिरहेकी छे l कवितामा प्रयुक्त कान्छी बाट नेपाली समाजका निम्न आर्थिक स्तर भएका नेपालि नारीको प्रतिनिधित्व गरिएको छ l ग्राहकको उपहाँस, हासों, कलुषित हेराइ, हेपाइ आदि सहेर पनि व्यापार चलाउनुपर्ने, हाँस्नुपर्ने विवसता भएको कान्छी भट्टीमा भात र मासु संग संगै आफ्ना दुख, पीर, वेदना पकाउन बाध्य देखिन्छे l वेदना, असुरक्षा, छटपट्टि भोगिरहेकी कान्छीका निम्ति आफ्नै रुप र बैंस पनि शत्रु भएका छन् l हराउंदै गएको अस्मिता लाचार जीवन राक्सीका बोतल संगै  रित्तिदै गएको बैंस कान्छीका पहिचानका रुपमा प्रस्तुत गर्दै श्रमजीवी नेपाली नारीको दयनीय सामाजिक परिश्थिति कवितामा चित्रण गरिएको छ l

गरीबी, अभाव र अपमानमा जीवन बिताउन बाध्य कान्छी जस्ता नेपाली नारीको जीवनलाई सुखी, सम्मानित र शक्तिशालि पर्नु पर्ने सन्देस कवितामा व्यक्त भएको छ l पुरुष प्रधान सामाजमा नारीको जीवन वेदनामय भएको, परदेसियेका पति र टाढिएका आफन्त सम्झेर नरकीय जीवन विताउन बाध्य भएका नारीको चित्रण गर्दै पेशा प्रति सम्मानित मानसिकताको उदय हुनु पर्ने आवश्यकतालाई कविताको सन्देशको रुपमा प्रस्तुत गरिएको छ l चर्को श्रम गरेतापनि नारी क्षेत्रमा देखिएको असमानता प्रति विरोध को भाव पनि कवितामा भेटिन्छ l कोशीका छाल झैं बन्धक, गण्डकी झैं बेचैन कामुक आखाँले डामियेकी कर्णालीको प्रस्तुतिले नेपाली नदीनाला संगै नेपाली नारी समाजमा स्वदेशी विदेशी शोषणको गिद्धे नजर परेको यथार्थलाई पनि कविताको उल्लेखनीय पक्षको रुपमा प्रस्तुत गरेको छ l

 

Credits : Sameen Poudel, Sanjaya Kumar Shah