एक चिहान



मूल भाव

नेपाली साहित्यका विविध क्षेत्रमा कलम चलाउने ख्याती प्राप्त साहित्यकार हृदय चन्द्र सिंह प्रधान प्रगतिशील विचार भएका सामाजिक यथार्थवादी उपन्यासकार हुन् l निम्नवर्गीय जीवनका संघर्ष समस्या, जटिलता र वेदनालाइ विषयवस्तु बनाउने उपन्यासकार प्रधानका उपन्यासमा समानता, सुधारवादी चेतना, अन्याय आत्यचारको अन्त्य आदि जस्ता विषयवस्तुलाई सन्देशको रुपमा प्रकट गरिएको पाइन्छ l जातीय सांस्कृतिक एकता, गरीब जीवनका विवस्ता र बाध्यता उनका उपन्यासका उल्लेखनीय पक्ष हुन् l

नेपाली गरीब किसान र मजदूर जस्ताको जीवनमा आधारित एक चिहान उपन्यास सामाजिक यथार्थवादी रुपमा चिनिएको कृति हो l मान्छेको अन्त्य अन्त्यष्टी गरिने ठाउँलाइ चिहान भनेर बुझिने शब्द प्रयोग गरी निम्न वर्गीय जीवन यापन गर्ने श्रमजीवीहरुको मार्मीक देहान्तलाई यस उपन्यासको विषयवस्तु बनायिएको छ l दरिद्रता शोषण र विशंगतिलाइ मूल रुपमा प्रस्तुत गरिएको यस उपन्यासमा हिमाल पहाड तराई कोहि छैन पराइ भन्ने पवित्र र चोखो भावनालाई अष्टनारन को परिवारबाट व्यक्त गरिएको छ l सामाजिक विभेदबाट मुक्त भै समानता र सांस्कृतिक एकता कायम गर्नुपर्ने संदेश भएको यस उपन्यासमा अष्ट नारन र शिव नारनका परिवार एकै चिहान हुने गरी समाप्त भएको कारुणिक घटना उपन्यासको मूल विषय हो l कृषक वर्गका पीडा, वेदना, विवस्ता र बाध्यतालाई प्रस्तुत गर्न उपन्यासकारले अष्ट नारन र शिव नारन जस्तो श्रमजीवी स्वाभिमानी प्रतिनिधि पत्रको चयन गरेका छन् l विपन्न वर्गको दुरावस्था अन्त्य गरि समाज सुधार गर्नु पर्ने आग्रह उपन्यासमा पाइन्छ तडक भडक, रितिरिवाज, सामन्ती प्रथाले जडो गाडेको हाम्रो सामाजिक दास मानाशिकतामा परिवर्तन नआए सम्म गरिब वर्गको भलाई नहुने अष्ट नारन र शिव नारनको सोचबाट व्यक्त गरिएको छ l दिनरात हाड घोटेर मेहनत गर्दापनि सच्चा कृषक वर्ग शिव नारन जस्ताको जीवनमा कहिल्यै आर्थिक उन्नति हुन नसकेको यथार्थले उपन्यासको गरिमालाई अझ बढाइदिएको छ l

समाजमा राम्रा र नराम्रा दुवै प्रवृत्तिका मानिस बसोबास गर्छन भन्ने यथार्थलाई देखाउन डा. गोदत्त प्रसाद र साहु सुरमानको चरित्रलाई उपन्यासमा प्रस्तुत गरिएको छ l गरिबी र विवशताका कारणले केहि समय डा.गोदत्त  प्रसादको अन्याय सहना बाध्य हुनु परेको र सुरमानको शोषणले पनि शिव नारनको परिवारलाई अभावकै कारणले शोषण गरेको वास्तविकता पनि उपन्यासको उल्लेखनीय पक्ष हो l अनमेल विवाह विरुद्ध उठेका शिव नारनका आट र साहस, प्रेम आत्मिक र सारिरीक हुने वास्तविकता, हर्ष नारन र नानीथकुंको अन्तरजातीय विवाहले चाहना गरेको समावेशी समाज, अन्याय, अत्याचार, विरुद्ध उठ्नुपर्ने आवाजको आवश्यकता उपन्यासका केन्द्रीय तत्व हुन् भन्न सकिन्छ l प्रगतिशील चेतना, समानता, स्वतन्त्रता र मुक्त समाजको कामना र स्वाभिमानी विचार उपन्यासका मूल भूत तत्व हुन् भन्न सकिन्छ l

 

परिवेश

२०११ साल तिरको निम्न वर्गीय जीवनको यथार्थलाई उपन्यासमा प्रस्तुत गरिएको छ l गरीवी, बाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संगर्ष प्रस्तुत भएको यस उपन्यासमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखिएको छ अस्ट नारन र शिव नारनमा केन्द्रित भएको यस उपन्यासमा अष्ट नारनको सुरुमा उपचार गराउन कविराज र गुभाजु कहाँ जानुपरेको र पछि डा. गोदत्त प्रसाद कहाँ जानुपरेको बाध्यात्मक परिवेस भेटिन्छ l जातीय र क्षेत्रीय एकतालाइ आवश्यक ठानी हर्शनारण र नानिथकुंको विवाह अन्तरजातीय क्षेत्रमा भएको, समावेशी चेतना आरम्भ भएको परिवेश उपन्यासमा भेटिन्छ l अष्ट नारनको उपचार र अन्त्यष्टिमा ऋण लिनुपरेको, रातदिन मेहेनत गर्दापनि सुखको घाम कहिल्यै नलागेको निम्न वर्गीय जीवनका कठोर यथार्थका परिवेस उपन्यासमा भेटिन्छ l सुर्मानको शोषण डाक्टरको अनैतिकता, अन्याय, अत्याचार विरुद्ध उठेका आवाज आदि विषयलाई उपन्यासको स्वाभाविक परिवाश्ले सशक्त र जीवन्त बनाएको छ l

प्रजातन्त्र प्राप्ति पछि विस्तारै मौलाउदै गएको प्रगतिशील सोचको परिवेस, संस्कृतिक सम्मिश्रण, समावेशी र समानताको लागि आवस्यक परेको तथ्य, रुढिवादी र अन्धविस्वासले नेपाली सामाज लाइ न छोडेको वास्तविकता उपन्यास भित्र अनुकुल घटनाक्रम र स्वाभाविक पlत्रको परिवेशबाट ब्यक्त गरिएको छ l

 

Credits : Sameen Poudel, Sanjaya Kumar Shah

Don't be selfish...share it

Do you think you can improve this post? Contact us!

Find us on Facebook