आलु



नेपाली हास्य व्यंग्य विधामा शसक्त रुपमा देखा परेका भैरब अर्याल हास्य व्यंग्य साहित्यका सम्राट हुन् l पाठकलाई काउकुती लगाई सम्बन्धतित पक्षलाई तिखो व्यंग्य प्रहार गर्ने निवन्धकार भैरव अर्यालका निवन्धमा बेथिति र विशंगतिको प्रस्तुत गरिएको हुन्छ l सामाजिक, आर्थिक, राजनैतिक, प्रसासनिक, शैक्षित र धार्मिक क्षेत्रकl असंगत र विकृतिलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गर्ने भैरव अर्यालका निवन्धमा हास्य र व्यंग्यलाइ कलात्मक संयोजन गरिएको पाइन्छ l नेपाली जनजिब्रोमा पचेका अंग्रेजी शब्द र नेपाली भाषाका प्रचलीत उखान टुक्काको प्रयोगले उनको निवान्धलाई गरिमामय बनाएको पाइन्छ l

मानवीय जीवनका कमि कमजोरी र विकृतिलाई देखाउंदै त्यसप्रति व्यंग्य प्रहार गर्ने उदेश्यले रचना गरिएको हास्य व्यंग्य निबन्ध हो ‘आलु’ l आलुलाई प्रतिक बनाइ मानवीय चरित्रको विस्लेषण गरिएको यस निबन्धमा आलुको नामकरण र गुणलाई तर्कयुक्त ढंगले हास्य शैलीमा व्यक्त गरिएको छ l आलुको सन्दर्भबाट नेपाली बुद्धिजीवीहरु प्रति गरिएको व्यंग्य नै यस निवन्धको मूल आशय हो l आलुलाई गोलभेंडा र पिडालुसंग तुलना गर्दै आलुको प्रशिद्धिलाइ व्यक्त गरिएको यस निवन्धमा आलुलाई पोलेर, पकाएर,उसिनेर, साँधेर, तारेर खान सकिए जस्तै नेपाली परिवेसका पढेलेखेका जमात आफ्नो फाइदाका लागि देखावटी बहु चरित्रमा प्रस्तुत हुनेतर्फ व्यंग्य गरिएको छ l आलुमा सबै तरकारीसंग मिल्ने गुण रहेपनि आलुमा आलु नै मिल्दैन भनि मान्छे मान्छेसंगै मिल्न नसक्ने मानवीय चरित्रप्रति निवन्धमा व्यंग्य प्रहार गरिएको छ l तछाई, फलाई, कटाइ आधारमा आलुका रुप फरक फरक देखिए जस्तै मानवीय सोचकै कारणले समाजमा जाति भेद, वर्ग भेद सृजना भएको यथार्थता पनि निवान्धले प्रकट गरेको छ l तालुमा आलु फल्नु र आलु खानु जस्ता लोक प्रिय नेपाली टुक्काको सन्दर्भ बाट मान्छेमा हुने सोच र चरित्रलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ l असफलता, नकारात्मकता र शक्तिहिन्तlको अर्थमा आलु खानेको उक्तिलाई अर्थयाइएको छ भने सामर्थ्य सक्षमता, सफलता, उच्चता आदि बुझाउन तालुमा आलु फाल्ने टुक्काको प्रयोग गरिएको छ l यसरि आलुलाई सौभाग्य र दुर्भाग्यको प्रतिक बनाइ आलु खाइरहेको व्यक्तिले पनि आलु खाएको स्वीकार्न नसक्ने वर्तमान सामाजिक आवस्थालाई पनि यहाँ प्रस्तुत गरिएको छ l

आलु निबन्धमा आलुको सन्दर्भलाई अघि सारी लेखकले जाने बुझेका र पढेलेखेका व्यक्ति भित्र भएका लोभी र स्वार्थी चरित्रलाई व्यंग्य गरेका छन् l हरेक थरिसंग मिल्न सक्ने आलुको गुणलाई आजको मानिसले लिनु तर आलु अरुसंग मिसिंदा अस्तित्वहीन भए जस्तै आफ्नो परिचय र पहिचानलाई कसैले गुमाउन नहुने कुरालाई निवन्धमा संदेसको रुपमा प्रस्तुत गरिएको छ l आलुको नालीबेली केलाई मानव भित्रका बिशंगति र विकृतिलाई प्रकट गर्ने उदेस्यले लेखिएको यस निवन्धमा रोग भोक र शोकले आजका मानिस शक्तिहीन भएको तथ्यलाई प्रस्तुत गरिएको छ l शक्ति, सामर्थ्य र प्रभुत्वले आजका मानिस आलु झैं निरीह बनेको कारणले आजको मान्छेलाई आलु मान्छेका रुपमा चिनाएका छन् l आलु खाँदा पेडाको धाक लगाउने सन्दर्भबाट आज समाजमा आडम्बरी, देखावटी र फुर्ति लगाउने प्रबृत्तिलाइ आलुबादसंग तुलना गरी यथार्थ पक्षलाई प्रकट गरिएको छ l यथार्थलाई नछोपी, नढाकिकन प्रस्तुत गर्न सक्ने मानवीय सोचको आवस्यकतालाई प्रस्तुत गर्न निवन्ध रचना गरिएको बुझिन्छ l

 

Credits : Sameen Poudel, Sanjaya Kumar Shah